सिरहामा आगलागी , १० लाख बराबरको क्षति

दियो पोस्ट  

लहान,पुस ७ । सिरहाको मिर्चैया नगरपालिका–१२ सिक्रौनमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय कुलेश्वर यादवको गाईगोठमा बालेको आगो सल्किएर आगलागी हुँदा उहाँका तीन वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

आगलागीमा परी घरमा रहेको अन्न, लत्ताकपडालगायत जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीमा दुई वटा भैँसी र एउटा गोरु जलेर मरेका छन् । (रासस)