दोस्रो खेलमा पनि सन्दीपले मच्चाए सनसनी

Diyo post  

काठमाडौं, पुस ९ । सन्दीप लामिछानेले बिग ब्यासको दोस्रो खेलमा पनि सनसनीपूर्ण प्रदर्शन गरेका छन् । पहिलो खेलमा दुई विकेट लिएका सन्दीपले दोस्रो खेलमा पनि तीन विकेट लिएका छन् । आज पनि आफ्नो पहिलो ओभरमैं विकेट लिएका छन् । मेलवर्न स्टारले १५६ रनको लक्ष्य दिएपछि पावरप्ले सकिएपछि सातौ ओभर बलिगं गर्न आएका सन्दीपले तेस्रो बलमैं होबार्ट हुरिक्यानका एजे डोलानलाई बोल्ड गरेका हुन् । उनले आफ्नो पहिलो ओभरमा ५ रन दिएर एक विकेट लिए ।

The delivery. The celebration. Sandeep provides the spark for the Stars! pic.twitter.com/rVAYP2xcv3— KFC Big Bash League (@BBL) December 24, 2018

१३ औं ओभरको दोस्रो बलमा ५२ रन बनाएका बादेलाई आउट गरे । १५ औं ओभरको पहिलो बलमैं लामिछानेले डेर्मोटलाई २८ रनमा आउट गरे । सन्दीपले चार ओभरमा २४ दिएर ३ विकेट हात पारे । तर, अन्य बलर चल्न नसक्दा सन्दीपले राम्रो खेल्दा पनि मेलवर्न टिम लगातार दोस्रो खेलमा पनि पराजित हुन पुग्यो ।

सम्बन्धित खबर