क्रिसमसको अवसरमा धादिङमा वृहत रक्तदान कार्यक्रम

Diyo post  

धादिङ, पुष ९ । इसाई धर्मावलम्वीहरुको विशेष पर्व क्रिसमसको अवसर पारेर धादिङमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

धादिङको मिशन हार्डवेयर एण्ड स्टिल कम्पनी र स्थानिय मण्डलीकाे आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् जसमा २९ महिला र ३२ पुरुष सहभागी भएकाे आयोजकले बताएको छ

शान्तबजारकाे चर्चमा गरिएकाे रक्तदान कार्यक्रमका लागि जिल्ला रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको हो ।

क्रिसमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेकाले उक्त कार्यक्रममा उपस्थितहरुले रक्तदान कार्यक्रममा भाग लिएका छन् । रक्तदान कार्यक्रम सोमबार दिनभरि चलेकाे आयोजकले बताएको छ ।

सम्बन्धित खबर