काठमाडौँ, पुष ९ । नीजि क्षेत्रबाट संचालित बाणिज्य बैँक एनआइसी एसियाको ह्याकिङ प्रकरणमा व्यवस्थापन पक्षले ठुलो गल्ती गर्दै पदको दूरुपयोग गरेको खुलासा भएको धेरै भएको छैन । एनआइसी एसिया बैँकको चल अ्चल सम्पत्ती मूल्यांकलमा पनि वदमासी गरेर करोडौँ कुम्ल्याउन खोजिएको एक प्रतिवेदनले प्रष्ट पारेको छ ।
नेपाली जनताको अर्बौँ रुपयाँ जम्मा भएको यस बैँकमा सरकारी निकायबाट पनि अर्बौँ रकम कारोबार हुने गर्दछ । विशाल ग्रुप मुख्य प्रबन्धक रहेको यो बैँकले आफ्ना गल्ती कमजोर लुकाउन विज्ञापनमा बार्षिक पचास करोड खर्च गरेर ग्राहक आकर्षीत गर्दै आएको छ । एनआइसी एसिया बैँकको चलअचल सम्पत्ती मुल्यांकनमा समेत ठुलो हेराफेरी र बदमासी गरेर अतिरिक्त आम्दानी देखाएर बैँक डुवाउन उच्च ब्यवस्थापन पक्षनै लागि परेको प्रष्ट भएको छ ।
त्रिपुरेश्वरस्थित राधा भवनमा रहेको एनआइसी एसियाको सम्पत्ती मुल्यांकन यसको प्रत्यक्ष गवाही हो । तत्कालिन अध्यक्ष र सिइओको मिलेमतो र दवावमा चार महिनाको अन्तरालमा एनआईसी एसिया बैँक रहेको राधा भवनमा रहेको अचल सम्पत्तीको मुल्यांकन रकम आधा गरेर रकम हिनामिना र सरकारलाई तिर्ने करमा चलखेल गरिएको दस्तावेज बारे साँघु साप्ताहिकले लामो रिपोर्ट तयार पारेको छ ।
यसरी मुल्यांकन कम गर्दा एनआइसी एसिया बैँक डुब्ने अवस्थामा पुग्यो भने नेपाल राष्ट्र बैँक व्यवस्थापनले हस्तक्षेप गरेर आफुले व्यवस्थापनको जिम्मेवारी लिँदा एनआईसी एसिया बैँकलाई सहुलियत प्राप्त हुन्छ । प्रोपर्टी मुल्यांकन संस्था देबेन्द्र श्रेष्ठ एण्ड एसोसियट्सले सन् २०११ अप्रिलमा नेपाल मेन्था प्रोडक्ट्स र नेपाल रेमिट्यान्स प्रालिको नाममा रहेको राधा भवनमा रहेको एनआईसी एसिया बैँकको अचल सम्पत्ती फ्ल्याट १,२, ३ , १०१,३०१, ३०२, ३०३ , ३०४ र भँइतलाको मुल्यांकन प्रतिवेदन तयार पारिएको थियो ।
उक्त मुल्यांकनमा सो एनआईसी बैँकको क्षेत्रफलको बजार मुल्य रु ११२,२००,००० र जोखिमयुक्त मुल्य ८९,७६०,००० रहेको थियो । तर बैँकका तत्कालिन अध्यक्ष र उच्च व्यवस्थापनको दवावमा मुल्यांकन संस्था (भ्यालुएटर) नै परिवर्तन गरि फिनटेक कन्सल्ट्यान्ट एण्ड इन्भेष्टिगेटरलाई मूल्यांकनकर्ता तोकिएको थियो ।
सन् २०११ कै अगस्टमा फिनटेकले उच्च व्यवस्थापनको दबावमा राधा भवन स्थित एनआइसी एसिया बैँकको अचल सम्पत्तीको मुल्यांकन बजार मुल्य ६९,४७३,७०० (छ करोड ९४ लाख ७३ हजार सातसय) र जोखिमयुक्त मुल्य ४५,१५७,००० को भिन्न प्रतिवेदन तयार पारेको थियो । यस प्रतिवेदनले पनि प्रष्ट पार्दछ कि एनआईसी एसिया बैँकले जनताको रकममा कसरी मनपरि गर्दै आर्थिक अपराध गरेर रजाइँ गरिरहेको छ ।
सन् २०११ को अप्रिलमा भएको राधा भवनस्थित एनआइसी एसिया बैँकका फ्ल्याटको बजार मुल्य ११ करोडको प्रतिवेदन देवेन्द्र श्रेष्ठ एण्ड एसोसियट्सले प्रस्तुत गर्दा सन् २०११ कै अप्रिलमै जोखिमयुक्त मुल्य भने केबल ८ करोड ९७ लाखको प्रतिवेदन तयार पारिएको थियो ।
त्यसैगरि चार महिनापछि नै सन् २०११ को अगस्टमा अर्को कम्पनी फिनटेक कन्सल्ट्याण्ट एण्ड इन्भेष्टिगेटरले व्यवस्थापनको दबावमा ६ करोड ९४ लाख बजार मुल्य र ४ करोड ५१ लाख जोखिमयुक्त रहेको अचल सम्पत्तीको अविश्वसनिय प्रतिवेदन तयार पारेको थियो ।
यति ठुलो आर्थिक अपराध गर्दापनि नेपाल राष्ट्र बैँकले एनआइसी एसिया बैँकको नियममा र अनुगमन नगर्नुको रहस्य थैली भेटले हाकिमहरुको मुखमा बुजो लगाउने नै हो भन्ने निष्कर्ष सर्वसाधारणको रहेको छ ।
एनआइसी एसिया बैँकमा यत्रो रिस्क रहेको भएतापनि नेपाल राष्ट्र बैँकको व्यवस्थापन अनुगमन र नियमन विभागका साथै सरकारी कर्मचारीलाई सुखी पार्ने कलामा पारगत मानिएका मैनेजर अर्जुन खनियाँलाई खटाइएको कर्मचारी स्रोत बताउँछ ।
एनआइसी एसिया बैँकभित्र हुने गैरव्यावसायिक क्रियाकलापले वाक्क दिक्क भएर सिइओ लक्ष्मण रिजाल छाडेर हिँडेका छन् । उनिसंग सम्पर्क गर्न खोज्दा देशै छोडेर अमेरिकातिर पलायन भएको उनि निकटहरुबाट थाहा भएको छ । एनआइसी एसिया बैँकको अर्को विचारणीय पक्ष के छ भने यत्रो ठुलो रिस्कमा रहेका बैँकलाई नियमविपरित शाखाहरु खोल्ने अनुमती (स्वीकृती ) नेपाल राष्ट्र बैँकले किन दिइरहेको छ ? भन्ने प्रश्न अन्य वाणिज्य बैँकहरुको रहेको छ ।
एनआइसी एसिया बैँकमा दक्ष कर्मचारीहरुको अभावले ह्याकिङलगायतका अनेकौँ समस्याहरु उत्पन्न भइरहेका छन् । एनआइसी बैँकमा विकास बैँकका कर्मचारीको भिड रहेकाले बैँक जोखिमको मोडमा रहेको बताइन्छ ।
यो पनि पढ्नुहोस्
एनआईसी एशिया बैंकले करोडौँ सम्पत्ति ‘कब्जा’ गरेपछि ‘सुकुम्बासी’ बनेको एक दम्पत्तिको कहानी