सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोसो्र संस्करण सुरु हुदैँ

दियो पोस्ट  

काठमाडौं, पुस १४ । सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोसो्र संस्करणको खेल इटहरीमा हुने भएको छ । पहिलो संस्करणको खेल रोल्पामा भएको थियो ।

जिल्ला खेलकुद विकास समिति सुनसरीले आज पत्रकार सम्मेलन गरी यहि पौष १९ देखि २३ गतेसम्म प्रतियोगिता गर्ने जानकारी दिएको हो । राष्ट्रिय खेलकुद परिषद्को संरक्षणमा हुने प्रतियोगिताको ब्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल संघ र सहयोगी संस्थाको रुपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल संघ प्रदेश नम्बर १ र प्रगति समाज सेवा क्लब इटहरी रहने समितिका अध्यक्ष अनुरोध थापाले बताए ।

५ दिन सम्म चल्ने प्रतियोगितामा सात वटै प्रदेशबाट र बिभागीय टिमहरु सशस्त्र प्रहरीको एपीएफ, नेपाल आर्मी र नेपाल पुलिस क्लब गरी १० वटा टिम सहभागि हुनेछन् । विजेताले ४ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् ।