काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से ३.४८ अंकले बढेर ११५१.३६ बिन्दुमा पुगेको छ ।
कारोबार शुरु भएदेखि नेप्सेमा निक्कै उतारचढाव भएको थियो । बीच परिसूचक केहीबेर गिरावट देखिए पनि कारोबार बन्द हुने बेला सुधारिएको हो । कुल १७० वटा कम्पनीको १६ लाख ६१ हजारभन्दा बढी कित्ता शेयर ५० करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।
यस दिन परिसूचकँगै कारोबार रकम र शेयर संख्यामा पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज कारोबारमा जलविद्युत्, निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक सबै समूह बढेका छन् ।