
काठमाडौं, १ मंसिर । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं–९ स्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत अनिता पासवानले प्रशासनले स्पष्टिकरण सोधेपछि आत्महत्या गरेको खुलाशा भएको थियो । उनै अनिताको परिवारलाई सिमेन्ट उद्योगले ७ लाख रुपैयाँ दिनेगरी घटना गुपचुपमै मिलाएको छ ।
दियोपोस्टले फेला पारेको सम्झौता पत्रमा उद्योगका तर्फबाट कुनै पनि सदस्यले हस्ताक्षेर गरेका छैनन् । तर, मजदुर युनियनका नेताहरुले भने हस्ताक्षेर गरेका छन् । सम्झौता अनुसार मृतक अनिताको परिवारलाई सिमेन्ट उद्योगले रु ७ लाख सहित ५१ हजार अन्य सेवा सुविधा समेत पाउने भएकी छिन् ।
प्रहरीले सिमेन्टका मालिक नन्द किशोर राठीलाई आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा चलाउनुको सट्टा मिलापत्र गर्न दबाव समेत दिएको पाइएको छ ।
गत मंसिर ६ गते गोलबजार नगरपालिका ९ घर भएकी अन्दाजी ४५ वर्षीया अनिता पासवानले नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेकी थिइने । उनले घर नजिकैको सिसौको रुखमा झुन्डिएर आत्मत्या गरेकी हुन् ।
मारुती सिमेन्ट स्थापनाकाल देखि नै नै स्थाई कर्मचारीको रुपमा कार्यरत पासवानले गत मंसिर ६ गते आन्दोलन गरेकी थिइन् । कर्मचारी युनियनकी सदस्य समेत भइसकेकी अनिताले कर्मचारीको तलब कटौती गरेपछि आवाज सेवा सुविधा कटौतीको विरोधमा आन्दोलन गरेकी थिइन् ।
आन्दोलनमा उत्रिएको भन्दै उनलाइ उनलाई २३ गते नै प्रशासनले निलम्बन गरेको थियो ।
गत सोमबार उनलाई निलम्बन गरिएको पत्र टाँसिएपछि उनी उद्योग प्रवेश गर्न खोजेकी थिइन् । तर सेक्युरिटी गार्डले उनलाई धम्काउँदै अपमान गरेपछि आत्महत्या गरेको पाइएको छ ।
सिमेन्टले कर्मचारीको सेवा सुविधा कटौती गरेपछि विरोध गर्ने अन्य २ जना कर्मचारीलाई कामबाट बर्खास्त गरेको थियो ।
अनिता सहित सम्भा यादव, मोहन प्रशाद यादव, मिथिलेस यादव र विनोद महत्तोलाई स्पष्टिकरण गर्दै निष्कासन गरिएको हो ।
स्थानियबासीले सिमेन्ट उद्योगकै लापरबाहीका कारण अनिताको हत्या हत्या भएको भन्दै आन्दोलन गरेका थिए । मृतक परिवारलाई ७ लाख दिने सहमति भएपछि यतिबेला आन्दोलन भने रोकीएको छ । त्यस्तै मारुती सिमेन्टमा कार्यरत मजदुरहरुले एक दिनको तलब अनिताको परिवारलाई दिने लिखित सहमति गरेका छन् ।
चार सन्तानकी आमा रहेकी अनिताले आत्महत्या गरेपछि नाबालक सन्तानलाई समेत सिमेन्ट उद्योगमै जागिर लगाइदिने प्रलोभन प्रशासनले दिएको छ ।