काठमाडौँ, पुष ३ । राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक कम्पनी बरुण वेभरेजविरुद्ध भ्याट छलीको दायर गरेको छ ।
झुटा तथा नक्कली विजक जारि गरि राज्यलाई १अर्ब २९ करोड ९२ लाख रुपैयाँ हानि नोक्सानी गराएको भन्दै विभागले मुद्धा दायर गरेको हो ।
राजस्व अनुसन्धान विभागले वेभरेजका अमित गुप्ता सहित ७ जनाबिरुद्ध २ अर्ब रुपैयाँको जरिवाना र ३ बर्ष कैद सजायको माग गर्दै जिलला अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
वेभरेज प्रालिले राजश्व चुहावट गर्ने दूरासयले झुट्टा तथा नक्कली कर विजक जारी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो ।
विभागका अनुसार उनका अनुसार वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारबाट बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर भएको हो ।