चरिकोट । दोलखामा देशमै पहिलो पटक किवि फलको पहिचान र व्यवसायीक उत्पादन सुरु भए पनि यसको प्रवद्धन नभएको भन्दै स्थानीयहरु पहिलो पटक किवि महोत्सव आयोजना गरेका छन् । सन् २०२० जनवरी १ बाट भीमेश्वर नगरपालिकाले सदरमुकाम चरिकोटमा किवि महोत्सव आयोजना गरेको नगरप्रमुख भरत केसीले जानकारी दिए ।
एक सातासम्म चल्ने किवि महोत्सवको अवसरमा किवि फलका स्टलहरु राखिएको छ । महोत्सवमा किविको उपयोगीता, उत्पादनको अवस्था आदिको बारेमा चर्चा गरिनुका साथै अन्य घरेलु उत्पादनका सामानहरु राखिएको प्रमुख केसीले बताए । सुन्तला लगायत दोलखामा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल राखिने र स्टी«ट फेस्टीबलको समेत आयोजना गरिने उनले जानकारी दिए ।
महोत्सवको अवधिभर सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकीहरु, राष्ट्रिय खेलाडिहरुको सम्मान लगायतका कार्यक्रम समेत सञ्चालन हुने नगरप्रमुख केसीले बताए । किवि महोत्सवको अवधिमा दोलखा आउने पर्यटकहरुलाई चरिकोटको होटलहरुमा आवासको लागि २५ प्रतिशत र खाना, खाजाको लागि १५ प्रतिशत सम्म छुटको समेत व्यवस्था गरिएको प्रमुख केसीले बताउए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले किवि महोत्सवमा जिल्लाको अन्य स्थानिय तह र संघ संस्थाको समेत सक्रिय सहभागिता रहने उल्लेख गरेख । भ्रमण बर्ष २०२० को पहिलो दिनको किवि महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको बिस्वास थियो ।
यो बर्ष दोलखा जिल्लाबाट किवि फल चार करोड भन्दा बढीको बिक्रि वितरण हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दोलखाका बरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडाले बताए ।
किवि फललाई तीन ग्रेडमा बिभाजन गरेको पाईन्छ । एक सय ग्राम भन्दा बढीको किवि ए ग्रेड, ७० ग्रामसम्मको किवि बि ग्रेड र ६० ग्राम भन्दा कम तौलको किवि सि ग्रेडमा बिभाजन गरिएको छ ।