माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान

दियो पोस्ट  

कास्की । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको निर्वाचनमा निर्वाचित गरेको हो । चुमान यस अघि ०७४ मा पनि संसदीय दलको नेता थिए । यति वेला पृथ्वीसुब्बा नेतृत्वको सरकारमा चुमान आन्तरिक तथा कानुनमन्त्री भए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन चुमान तनहुँ १(२) बाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको हो ।दलको नेता बेनेसँगै एमाले माओवादीको सत्ता गठबन्धनमा माओवादीबाट चुमान मुख्यमन्त्रीका बलियो दाबेदार बनेका हुन् ।