सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम अर्ब नाघ्यो

दियो पोस्ट  

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेको छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो । साथै, २६१ कम्पनीको कारोबारमा एक करोड आठ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार  भएको छ । आज नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुरसञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । कूल १२१ कम्पनीको सेयर उकलो लागेको छ । ८७ कम्पनीको मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् । आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।