खुलामञ्चमा पार्किङ बनाउने महानगरको निर्णयविरुद्ध आन्दोलन

दियो पोस्ट  

काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयवासी र संरक्षण अभियन्ताहरु आन्दोलित भएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले विरोध सुरु गरेका छन् ।

सम्पदा संरक्षण अभियन्ताले ३ वर्ष अगाडि सुरु गरेको अकुपाई टुँडिखेल अभियानले सोमबार काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय बागदरबार अगाडि प्रदर्शन गरेको छ।