भारतको सर्वोच्चले भन्यो– नोटबन्दी सही थियो, नेपाल राष्ट्र बैंकको ५ करोड भारु बन्यो खोस्टा

दियो पोस्ट  

काठमाडौं । भारतले गरेको नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१६ मा नरेन्द्र मोदीको सरकारले ५०० र १००० दरका नोटबन्दी गरेको थियो । त्यसविरुद्ध अदालमा मुद्दा परेको थियो । अब मुद्दाको किनारा लागिसकेको छ । भारतको नोटबन्दी सँगै नेपालमा भएको ५०० र १००० दरका भारु साटिन पाएको थिएन । अहिले नेपाल राष्ट्र बैंकसँग भएको भारु ५ करोड (नेपाली ८ करोड) रुपैयाँ बराबरको ५०० र १००० दरका भारु नोट रहेको छ । भारतको निर्णयसँगै यो रकम खोस्टामा परिणत भएको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

नोट साट्नकै लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकको संयुक्त टेक्निकल कोअर्डिनेसन कमिटीसमेत बनेको थियो । सो कमिटीमा गर्भनरको कार्यालयका कार्यकारी निर्देशन रहेका थिए । नेपालले भारु साट्न प्रधानमन्त्री स्तरबाटै पहल गरेको थियो । यता नेपालको गर्भनरबाट पनि भारतको गर्भनरसँग नोट साटिने विषयमा पहल भएको थियो ।

सम्बन्धित खबर