यस्तो छ शाहरूख खानको फिल्म ‘पठान’ को ट्रेलर

दियो पोस्ट  

एजेन्सी । नायक शाहरूख खान र नायिका दीपिका पादुकोणलाई भारतीय सेनाको भूमिकामा देखाइएको फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ ।

हिजो युट्युबमार्फत सार्वजनिक ट्रेलरमा एक्सन नै एक्सन देखाइएको छ । भारतमाथि आक्रामण गर्न खोज्ने जोन अब्राहिम र उनको ग्याङ्गसँग साहरुख र दीपिकाले कसरी लड्छन् र भारतलाई जोगाउँछन् भन्ने कथा फिल्ममा प्रस्तुत गरिएको ट्रेलरबाट वुझ्न सकिन्छ ।

फिल्ममा एक्सनको कोरियोग्राफी अहिलेसम्मकै उच्च तरिकाले गरिएको देख्न सकिन्छ ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्मलाई यशराज ब्यानरले निर्माण गरेको हो । फिल्म जनवरी २५ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ ।

भिडियाेमा हेर्नुहाेस् :

सम्बन्धित खबर