काठमाडों । बलिउड अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो–स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् । मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् । जहाँ उनले संक्षिप्त मिडिया वार्तालाप समेत गरिन् ।
यसपटकको नेपाल बसाइ छोटो हुने तर अधिकांश समय उक्त इभेन्टमा बताउने मलाइकाको भनाइ छ । ‘छोटो हुनेछ बसाइ तर मेरो अधिकांश समय यहीं बित्नेछ,’ उनले भनिन्, ‘नेपाल बसाइमा यहाँको फेसन, संस्कृति, फिल्म, संगीतबारे धेरै कुरा बुझ्ने प्रयास गर्नेछु ।’