बलिउड अभिनेत्री करिना कपुरलाई मध्यपुर उच्च अदालतले नोटिस पठाएको छ । पुस्तकको शीर्षकमा ‘बाइबल’ राख्दा अभिनेत्री कपुरसहित अन्य ६ जनालाई अदालतले नोटिस पठाएको हो ।
अभिनेत्री कपुरद्धारा गर्भावस्थासम्बन्धी लिखित पुस्तक ‘करिना कपुर खान्स प्रिग्नेन्सी बाइबल ः दी अल्टिमेट मेन्युअल फर मम्स टु बी’ मा राखिएको शीर्षकले ईसाई धर्मावलम्वीको धार्मिक आस्थामाथि चोट पुर्याएको भन्दै अदालतले जवाफ मागेको थियो ।
अदालतले गत बिहिबार अभिनेत्री कपुर र उक्त पुस्तक प्रकाशक र बिक्रेतासहित सातजनाविरुद्ध कारण देखाउ आदेश जारी गरेको भारतिय सञ्चारमाध्यममा खबर छ ।
अभिनेत्री कपुरद्धारा लिखित पुस्तकको शीर्षकमाथी आपत्ती जनाउँदै अधिवक्ता क्रिस्टोफर एन्थोनीले सन् २०२२ मा उजुरी दिएका थिए । करिना कपुर खानको गर्भावस्थाको तुलना बाइबलसँग गर्नु गलत भएको एन्थोनीको दाबी छ । उक्त पुस्तक बिक्रि वितरण र प्रकाशनमा रोक लगाउनुपर्ने उजुरीकर्ताको माग छ ।
अभिनेत्री कपुरद्धारा लिखित उक्त पुस्तक सन् २०२१ अगष्टमा सार्बजनिक भएको थियो ।