युरोपभर मानिसहरु किन आन्दोलनमा छन ?

Guest
ह्यारी टेलर

 

 

 

अहिले युरोपभर मानिसहरु सडकमा आन्दोलित छन । खासगरी स्पेन, फ्रान्स, पोर्चुगल लगायत मुलुकमा युवाहरु सडका आइरहेका छन । विद्यालय अवस्था तथा जीवन निर्वाहमा देखिएको संकटलाई लिएर उनीहरु ज्यादै असन्तुष्ट देखिन्छन ।

फ्रान्समा उच्चमाध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थी र प्रहरिहरुबिच झडप भईरहेका छन । उनीहरु लामा-लामा कक्षा, आवश्यक शिक्षकहरूको कमि, जीर्ण भएका कक्षाकोठा तथा विश्वविद्यालयको भर्ना प्रक्रियामा देखिएका अपारदर्शितालाई लिएर आक्रोशित छन । उनीहरुका प्रदर्शनहरू हिंस्रक बन्दै गएको देखिन्छ । उच्च माध्यमिक विद्यालयहरुमा शिक्षकको पद रिक्त रहने समस्याका कारण  ती विद्यार्थीहरू महिनौंसम्म पढाइबाट वञ्चित हुनुपरेको व्यथा सुनाईरहेका छन ।

विद्यार्थीहरूको जुलुसमा उनीहरु मात्रै छैनन । अन्य तह र तप्काका प्रदर्शनकारीहरू मिसिन आएका छन । संयुक्त रुपमा उठेका यी प्रदर्शनकारीहरु बढ्दो महँगी त्यसमा पनि खास गरी इन्धनको मुल्यमा भएको अचाक्लि बढोत्तरिविरुद्ध आवाज उठाइरहेका छन्। (स्मरण रहोसः अमेरिकाले गरेको बमबारीका कारण हर्मुज समुद्र गल्छी बन्द भएका कारण इन्धनको मुल्य आकाशिएको छ ।)

छोटकरीमा ‘सीजीटी’ भनेर चिनिने फ्रान्सको सबैभन्दा ठुलो युनियन ‘जेनेरल कन्फेडरेसन अफ लेबर’ले प्रदर्शनहरुको सकृय समर्थन गरेको छ । उसले मुल्य घटाउनुपर्ने, पेन्सन बढाउनुपर्ने तथा ज्याला वृद्धि हुनुपर्ने लगायत मागहरु अघि सारेको छ ।

यसैबिच फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनको दोश्रो कार्यकाल सकिने समय आउदैछ ।

उता स्पेन पनि आन्दोलित छ ।

स्पेनको पिरेनीस सहरमा गत सेप्टेम्बर महिनामा मानिसहरु आवास क्षेत्रमा भएको मुल्य वृद्धिलाई लिएर सडकमा आएका थिए ।

आन्दोलनलाई एउटा दुःखद घटनाले चर्काएको थियो । एउटा ‘इन्भेस्टमेन्ट फन्ड’ले आवास भाडामा २ सय ३० प्रतिशतले वृद्धि गर्यो । बढेको भाडा तिर्न नसकेको भन्दै ८७ वर्षीया वृद्धालाई घरबाट निकालिएको घटना सार्वजनिक भयो । त्यो घटना लगत्तै सडकमा मानिसहरु आक्रोशित भएर बिरोध प्रदर्शनमा भेला हुन थाले । त्यसरी निकालिएकी म्यारीकार्मेन एबास्कल नामकी  ती वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । लगत्तै दुई हप्तामै उनको निधन भयो।

आन्दोलनकारीहरु भाडा घटाइउनुपर्ने, जबर्जस्ती आवास क्षेत्रबाट निकाल्न नपाइने व्यवस्था हुनुपर्ने तथा इन्भेष्टमेन्ट फन्डहरुले सम्पत्ति किन्न नपाउने प्राबधान लागु गर्नुपर्ने माग गर्न थाले ।

गत शनिबार पोर्चुगलको आइबेरियन सीमा क्षेत्रमा पनि यस्तै माग सहित मानिसहरु सडकमा आए । उता राजधानी लिस्बनको केन्द्रमा पनि यस्तै मागसहित मानिसहरु भेला हुन थालेका थिए ।

पोर्चुगलको आवासीय क्षेत्रको मुल्य सन २०१५ देखी २०२४को बिचमा मात्रै पनि १ सय २४ प्रतिशतले बढेको छ । यो बढोत्तरी युरोपेली संघको औसतको तुलनामा दोब्बर हो ।

यसैगरी इटालीको शहर मिलानमा पनि मानिसहरु सडकमा आएका छन । उनीहरुले पनि घरायसी बजेटमा परेको चापलाई आफ्नो मुख्य विषय बनाएका छन ।

शनिबार शान्तिपुर्ण रुपमा सुरु भएका प्रदर्शनहरु अन्तमा अनुहारमा मखुन्डो भिरेका प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा एवम अरु घातक वस्तु प्रहार गर्ने अवस्थामा पुग्यो । सडकमा प्रहरिले बनाएका ब्यारिकेडहरु समेत आफो लगाइएका छन ।

यसैबिच अर्को मुलुक अल्बानियामा पनि मानिसहरु प्रधानमन्त्री इदी रामाको बिरुद्ध सडकमा आएका छन । उनीहरुको प्रदर्शन गत आइतबारसम्म आइपुग्दा छैटौं दिनमा प्रवेश गरेको छ ।

त्यहाँ पनि प्रदर्शनकारीहरू भ्रष्टाचार, रोजगार अभाव तथा शिक्षाको कमजोर गुणस्तरको मुद्धालाई लिएर असन्तुष्टि व्यक्त गरिरहेका छन ।

प्रदर्शनहरु कहिलेबाट शुरु भए ?

फ्रान्समा शिक्षाबारे भएका प्रदर्शनहरु सेप्टेम्बरको पछिल्लो हफ्ता सुरु भएका थिए । विद्यालयको शैक्षिक सत्र सुरु भएको एक हफ्तामा मानिसहरु सडकमा निस्केका थिए ।

त्यसयता निरन्तर चलिरहेका प्रदर्शनहरू झन झन तीव्र बन्दै गएका थिए । गत शनिबारसम्म आइपुग्दा उत्कर्षमा पुगेका थिए ।

इटाली, पोर्चुगल र बेल्जियममा भने बढ्दो जीवन निर्वाह खर्च वा भनौँ महँगीलाई लिएर गत शनिबारबाट प्रदर्शनहरू सुरु भएका हुन ।

उता अल्बानियामा पनि केहि महिनादेखीनै विरोध प्रदर्शनहरू चलिरहेका छन । डोनाल्ड ट्रम्पका ज्वाई जारेड कुश्नरको लगानी र सहयोगमा अल्बानियाको समुद्री किनारामा बन्न लागेको  विलासी व्यापार परियोजनाको बिरोधमा मानिसहरु सुरुमा सडकमा आएका थिए । यहि प्रदर्शन फैलिँदै गएर महँगी र बेरोजगारीको विषयमा पुगेको हो ।

आन्दोलनहरु केहि फेरबदल पनि गर्दैछन ?

पक्कै पनि केहि सुधारहरु भने हुँदैछ्न ।

फ्रान्समा सरकारले शिक्षक अभावलाई सम्बोधन गर्न ३ हजार पुरक शिक्षक थप्ने घोषणा गरिसकेको छ । विद्यालयको निर्णय प्रकृयामा विद्यार्थीहरुलाई पनि सहभागी गराउने भनिसकेको छ ।

साथै आर्को वर्षको बजेटमा विश्वविद्यालयमा दर्ता हुन लाग्ने शुल्कमा गरिने भनिएको वृद्धि खारेज गरेको छ ।

गत सेप्टेम्बर महिनाको मध्यतिर इन्धनको मूल्यवृद्धिलाई लिएर भएका विरोध प्रदर्शनहरु लगत्तै फ्रान्सको राष्ट्रपति कार्यालयले केही खास उद्योगहरूलाई चाहिने पेट्रोलमा दिइने गरेको अनुदान बढाउने घोषणा गरेको छ।

स्पेनका समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजले भाडामा बस्नेहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यसाथ आवासबारे आपतकालिन  कानुन पारित गर्ने प्रयास गरेका थिए ।

उनको प्रस्ताव संसदमा अस्विकृत भयो । त्यसरी अस्विकृत गर्नेमा दक्षिणपन्थि एवम उग्र दक्षिणपन्थि जनप्रतिनिधिहरु संलग्न थिए । लगत्तै प्रधानमन्त्रीले आउदो नोभेम्बर २९ मा सम्पन्न हुनेगरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन । उनले आम जनतासामु नयाँ सुधारहरुका लागी व्यापक प्रगतिशील बहुमतको आह्वान गरेका छन ।

आन्दोलनहरु रोकिने कुनै छाँटकाँट देखिन्छ ?

आइतबार फ्रान्सका राष्ट्रपति म्याक्रोनले टेलिभिजन मार्फत राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । सरकारमा रहेका केहि खास मन्त्रीहरुसँगको आपतकालीन छलफल पश्चात उनले त्यसो गर्न लागेका हुन ।

गृहमन्त्री लरेन्ट ननेजले सरकार अबका दिनमा थप सम्झौता गर्नका लागी तयार नभएको संकेत गरेका छन । उनले फ्रान्सभरि चलिरहेका विरोध प्रदर्शनहरुमा ‘उग्र वामपन्थि’ प्रदर्शनकारीहरूलाई दोष दिएका छन । साथै विभिन्न भवनहरूमा लुटपाट तथा तोडफोड गर्नेहरूलाई ‘अपराधी’ भनेका छन ।

फ्रान्स आउदो वर्ष अर्थात सन २०२७ मा राष्ट्रपतिको निर्वाचनमा जाँदैछ ।

उता स्पेनमा सरकारले आवाससम्बन्धी केही आदेशहरूलाई संसद्को ‘स्थायी परिषद्'(जुनसंसद् अधिवेशन नचलेको बेला काम गर्ने विशेष प्राबधानको रुपमा रहेको छ ।) मार्फत पारित गराउन सकेको खण्डमा भने विरोध प्रदर्शनहरू निर्वाचन अगाडि नै रोकिने संभावना पनि छ । हालका प्रधानमन्त्री सान्चेजको समाजवादी दल तथा कन्जरभेटिभ ‘पिपुल्स पार्टी’ दुवैले आसन्न निर्वाचनमा विजयी भएको अवस्थामा थप आवासिय भवनहरु बनाउने तथा आवासको मुद्दामा विशेष ध्यान दिने प्रतिबद्धता जनाइसकेका छन ।

सम्बन्धित खबर

सिफारिस