विमान दुर्घटना प्रभाव : पोखरा विमानस्थलका सबै उडान बन्द

दियो पोस्ट  

काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटना पछि पोखरा बिमानस्थल बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले केही समयमा लागि पोखरा विमानस्थल बन्द भएको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एन–एएनसी उक्त एटीआर ७२ विमानमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क गरी कुल ६८ यात्रु थिए ।