दुर्घटनाग्रस्त विमानमा सवार रुसी नागरिक एलिना बन्दुरो, जसले २१ घण्टाअघि लेखेकी थिइन् ‘नेपाल जाऊँ’

दियो पोस्ट  

काठमाडौं । पोखरा विमान दुर्घटनामा परेकी रुसी नागरिक एलिना बन्दुरोले नेपालको २१ घण्टाअघि नेपाल जाऊँ भनेर लेखेकी थिइन् ।

उनले आफ्नो फेसबुक र इन्स्टाग्राममा आफ्नो अन्तर्राष्ट्रिय विमानभित्रको सेल्फी र हिमालको फोटो जोडेर ‘गो टु नेपाल’ भनेर लेखेकी थिइन् ।

त्यस्तै, उनले नेपाल ९५ डलर तिरेर यती एयरलाइन्सको काठमाडौंदेखि पोखराको टिकट काटेकी थिइन् । यती एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमान आइतबार काठमाडौंबाट १० बजेर ३३ मिनेटमा पोखराका लागि उडेको थियो ।

१० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको यतीको विमान सेती नदीको खोंचमा दुर्घटनामा परेको हो ।