आजको उडान सफल भएको भए ‘क्याप्टेन’ बन्थिन् को-पाइलट अन्जु

दियो पोस्ट  

काठमाडौं । आइतबार पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्दा जहाजको को–पाइलट रहेकी अञ्जु खतिवडाले आज दुर्घटनामा परेको उडान सकिएपछि पाइलटको प्रमाणपत्र पाउने थिइन् ।

यति एयरलाइन्सका अनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन्। आज प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। उनले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने उडान दुर्घटनामा परेको हो ।

२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेर पति दीपक पोखरेल गुमाएपछि उनी उडान क्षेत्रमा आएकी हुन् । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल के।सी। र को(पाइलट अञ्जु खतिवडाले उडाएका थिए । उनको अवस्था अज्ञात नै छ । को पाइलट खतिवडाको एक छोरा र एक छोरी गरी दुई सन्तान रहेको जनाइएको छ ।

दुर्घटनामा परेको विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका छन् । ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् । जसमा ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।

विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०ः५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको थियो ।

विराटनगर ५ घर भएकी अञ्जुले भारतबाट प्लस टु गरेकी थिइन्। सन् २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा उनका श्रीमान् दीपक पोखरेललेको निधन भएको थियो। विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार पोखरेलको निधनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्। उक्त विमान पोखरा टावर संग १०ः५० बजे सेति खोच भन्ने स्थानमा सम्पर्ककमा आएको र सो पश्चात उक्त विमान दुर्घटना भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विमानमा रहेका यात्रुहरूको उद्दारको लागि पोखराबाट दुईवटा हेलिकप्टर प्रयोग गरिएको छ । काठमाडौ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्टयाण्ड बाई राखिएको नागरिक उड्ययन प्राधिकरणको खोज तथा समन्वय शाखाले जनाएको छ ।

TATA ADD

ट्रेन्डिङ