काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति युरोपियन क्लब रियल मड्रिडले श्रद्धाञ्जलि व्यक्त गरेको छ। रियलले आफ्नो फेसबुकमा लेख्दै विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको हो। रियलले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘नेपालमा भएको दु:खद विमान दुर्घटनामा आफ्ना प्रियजन गुमाएका सबै परिवारमा हाम्रो समवेदना। हाम्रो सबै शक्ति र साहस पीडित परिवारलाई पठाउँछौँ।’ आइतबार भएको विमान दुर्घटनामा चालक दलका ४ र १५ जना विदेशी गरी ७२ जना यात्रु सवार थिए। दुर्घटनामा हराइरहेकाहरुको अहिले पनि खोजी कार्य जारी छ। अहिलेसम्म ६९ जनाको शव भेटिएको छ।