काठमाडौं । गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले उपसभामुखमा पनि उम्मेदवारी दिने भएको छ । शुक्रबार विहान कांसभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुख उठाउने निर्णय गरेको हो । कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले बताए । कांग्रेस केन्दीय सदस्य समेत रहेकी यादव समानुपातिकबाट सांसद भएकी थिइन्
कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा नारालाई उम्मेदवार बनाएको छ ।