काठमाडौं । मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो ।
शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किएका हुन् । उनीहरू आफैले विमान भाडा बेहोरेर फर्किएका हुन् ।
रोजगारीका सिलसिलामा मलेसिया पुगेकाहरू पुस १७ गतेबाट केलाङ भन्ने सहरको एक भवनको तेस्रो तलामा बन्धक बनाइएका थिए । काठमाडौंस्थित सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावर कम्पनीबाट भदौ २३ गते मलेसियास्थित हङ टिज चिकेन सप्लायर्समा उनीहरू कामका लागि पुगेका थिए ।