भारतीय व्यवसायी अडानीले गुमाए ३ दिनमा ८५ खर्ब

दियो पोस्ट  

काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो । अडानी समूहका कम्पनीको शेयर मुल्य घटेपछि उनको सम्पत्ति घटेको हो । २५, २७ र ३० जनवरीका २ कारोबार दिनमा उनका कम्पनीको शेयर मुल्य २९ प्रतिशतले घटेको छ ।

अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिंडनबर्गले अडानीका कम्पनी र लगानीमाथि प्रश्न उठाउँदै प्रतिवेदन सार्वजनक गरेका कारण उनका कम्पनीको शेयर मुल्य घटेको हो ।

सम्पत्ति घटेसँगै अडानी विश्वको पाँच धनी व्यक्तिको सूचीबाट हटेका छन् र उनी अहिले विश्वको आठौं धनी व्यक्ति बनेका छन् ।

कर छल्नका लागि विदेशमा कम्पनी दर्ता गरेको, महत्वपूर्ण पदमा आफन्त र नातेदारलाई राखेको र ती मध्ये केहीमाथि अनियमितताको आरोप लागेको, वास्तविक भन्दा धेरै आम्दानी देखाएर ब्यालेन्स सिट तयार गरेको लगायतका आरोप अडानी समूहमाथि छ ।