धादिङ । धादिङमा आगलागीको घटना भएको छ । जिल्लाको प्रसिद्ध प्रतिक कम्प्युटरको गोदाममा आगलागी भएको हो । सिद्धलेक बैरेनीमा रहेको गोदाममा गएराती आगलागी हुँदा एक करोड रुपैयाँ भन्दा बढीको कम्प्युटर, राउटर लगायत सामग्री जलेर नस्ट भएको छ ।
धादिङ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका तिलक सिंखडाले विगत दुई दशकदेखि धादिङबेसीमा प्रतिक कम्प्युटर नामक कम्पनि संचालन गर्दै आएका छन् ।
उनले पसलको गोदाम भने सिद्धलेक बैरेनीमा गर्दै आएका थिए उक्त गोलाममा विद्युतसर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।
आगलागीले गदाममा रहेका सबै कम्प्युटर प्रिन्टरहरु पूर्णरुपमा क्षति भएको प्रत्यक्षदर्शीले बताए । मध्यराती विद्युत सर्ट भई आगलागी भएपछि नियन्त्रणका लागि नीलकण्ठ नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीलाई करिव ३ घण्टा लागेको थियो ।