काठमाडौँ । चितवनबाट अपहरण गरिएका एक बालकलाई काठमाडौँबाट सकुशल उद्धार गरिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बालकको उद्धार गरेको हो।
उद्धार अभियानका क्रममा अपहरण घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।