यात्रुसंग बढी भाडा असुल्न खोज्ने ३५ जना प्रहरी नियन्त्रणमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । यात्रुहरूलाई तानातान गर्ने तथा भाडामा मोलमोलाइ गरी बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत बुधबार बिहान कालीमाटी र बल्खु क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार बस काउन्टर आसपास सक्रिय भई बल्खु हुँदै उपत्यका बाहिर यात्रा गर्ने यात्रुहरूलाई दुःख दिने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको हो। यात्रुहरूलाई अनावश्यक हैरानी दिने गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले अनुसन्धान तथा निगरानी तीव्र बनाएको थियो।

पक्राउ परेकाहरूलाई सार्वजनिक हितविरुद्धको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर पठाइने एसपी सुवेदीले जानकारी दिएका छन्।

सिफारिस