सुनकोशी गाउँपालिका मुलखर्कमा माघ २६ र २७ गते सास्कृतिक कार्यक्रम गरिदै

दियो पोस्ट  

काठमाडौं । सुनकोशी गाउँपालिकाका स्थानीय तामाङ्ग समुदायले माघ २६ र २७ गते सोनम ल्होछार पर्व कार्यक्रम गर्ने भएका छन् ।

ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिकामा तामाङ समुदायले पर्ब सोनम ल्होछार भव्यरुपमा मनाउने भएका छन् । स्थानीयको आयोजनामा सम्पन्न हुने यस कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुपनि उपस्थिति हुने भएका छन् ।

तामाङ समुदायको भाषा, धर्म, सस्कृती, संरक्षण तथा सम्बर्धन गर्ने उदेश्यका साथ यो कार्यक्रम गर्न लागिएको हो । सुनकोशी–५, मुलखर्कमा शुभकामना आदानप्रदान तथा बृहत झाकि समेत प्रदर्शन गर्दै सास्कृतिक कार्यक्रम हुने जनाईएको छ ।

यस कार्यक्रम आयोजनाका लागि मुल समिति समेत बनाईएको छ । कार्यक्रम आयोजक संयोजकमा सुवास तमाङ, सचिवमा दिलकुमार तामाङ, उप समिति तथा आर्थिक संयोजक मुन्ना तामाङ, प्रचारप्रसार संयोजक बिनोद तामाङ, सिदार्थ तमाङ, सास्कृतिक संयोजक तेन्जिङ तामाङ, ब्यबस्थापन संयोजक रमेश तामाङ पाख्रीन, झाकि संयोजक मनिश तामाङ, बोन्बो संयोजक शिल बहादुर तामाङ, यातायात संयोजक सुरेन्द्र तामाङ, होटल ब्यबस्थापनमा रमेश तामाङलाई राखिएको छ ।

यस कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथै डिजे सेसन पनि हुनेछ । त्यसैगरि पर्ब सोनम ल्होछारको विधि बमोजिम २६ गते रात्रि १२ः०० बजे डुक ल्होलाई स्वागत गरि १०८ द्विवप्रज्वलन गर्दै नयाँ वर्षलाई स्वागत गरिने मुल समितिका संयोजकले जनकारी दिए ।