
काठमाडौं । अभिनेत्री रेजिना उप्रेतीले ११ वर्ष पछि फिल्म मोदीबेनी बाट कमब्याक गर्दैछिन् । उनको पछिल्लो फिल्म ‘वरदान’ २०६९ मा रिलिज भएको थियो । कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यकाल काम गरिसकेकी उनले यस बीचमा केही म्युजिक भिडियो, विज्ञापन तथा छोटो फिल्ममा अभिनय भने गरिरहेकी थिइन् ।
रेजिनाले यो फिल्ममा कलाकार दिलीप केसीसँग स्क्रिन सेयर गर्नेछिन् । अभिनेता सरोज खनाल पनि फिल्ममा देखिनेछन् । उनीसहित कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । अन्य शीर्ष कलाकार भने अडिसनबाट छनोट भएका हुन् ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् । आनन्दविक्रम क्षेत्रीले लेखेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता छन् । ३५, ४० वर्ष पहिले र हालको कथाको मिश्रण गरी बनाइने यो फिल्मको सुटिङ पर्वत जिल्लाको मोदीबेनी क्षेत्र हो ।
यस फिल्मको छायांकन माघ १६ गतेदेखि गर्ने तयारी छ