
काठमाडौं । भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि सम्बन्धी प्रदर्शनी सुरु भएको छ ।
१२ देखि १४ गते सम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको हाे।
छैटौँ कृषि सम्बन्धी प्रदर्शनीमा कृषि यन्त्र, कृषि बीउ बिजन डेरी, पोल्टी, खाद्यलगायत प्रदर्शनीमा राखिएका छन् । यो मेलामा भारत , चीन लगायत मुलुकको पनि सहभागिता रहेको छ ।













