नेपाल वायुसेवा निगमले सिनामंगलमा आफ्नै भवन बनाउदै

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामंगलस्थित निगमको जग्गामा आफ्नै भवन बनाउने भएको छ । करिब ३५ रोपनी क्षेत्रफलमा निर्माण हुनलागेको भवन निगमको केन्द्रीय कार्यलयको लागि प्रयोग गरिने भएको हो ।

बहुवर्षिय योजना अन्तरर्गत यो सुविधासम्पन्न भवन बनाउन लागिएको छ । ३५ रोपनी जग्गामा बन्ने यो भवन तालुकदार मन्त्रालय तथा सरोकारवाला निकायहरूसँग समन्वय गरी सुबिधासम्पन्न, अत्याधुनिक नेपालको मौलिकता झल्कने गरी ऐतिहासिक केन्द्रीय कार्यालय भवन तथा संरचना निर्माण गरिने भएको हो ।

काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित निगमको जग्गामा निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतले भूमिपूजन समेत गरिसकेका छन् । यो भवनमा केन्द्रीय कार्यालय इन–फ्लाइट किचेन भवन, निगमलाई आवश्यक पर्ने पार्किङस्थल अन्य आवश्यक संरचना निर्माण समेत बनाइने बताइएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार निगमका अन्य २३ स्थानमा रहेका घरजग्गा तथा संरचनाहरूको विस्तृत अध्ययन गरी संरक्षण गर्ने र निगमको आम्दनी स्रोतसमेत वृद्धि हुने गरी व्यवस्थापन गरिने बताएका छन् । साथै न्युरोडमा रहेको पुरानो निगमको भवनलाई व्यावसायिक भवनका लागि खुल्ला गरिनेसमेत बताएका छन् ।

सिफारिस