बढैयातामा माघ १ देखि २ गतेसम्म माघ मिलन कार्यक्रम हुदै

दियोपोस्ट संवाददाता  

बर्दिया। थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यका साथ बढैयाताल गाम्हउपालिका ५ मा यही माघ १ र २ गते दाेस्राे माघ मिलन कार्यक्रम हुने भएको छ । थारु समुदायको महान पर्व माघको अवसरमा बढैयाताल गाँउपालिका ५ मा माघ मिलन कार्यक्रम हुने भएको हो ।

बढैयाताल गाँउपालिका वडा नं ५ काे आयोजनामा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । माघ मिलन कार्यक्रममा १५ बढि गाउँका विभिन्न खालका थारु संस्कृति झल्कने नृत्य मघौटा, हुरदुङ्ग्वा, छोक्रा, डफ, लठ्ठहवा, झुम्रा लगायतका नृत्य हुने बढैयाताल गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष तुलाराम थारूले बताए ।

माघ मिलन कार्यक्रममा थारु परिकार ढिक्री, माछा, घोघी, खुर्सानीको चट्नी, बंगुरको मासु, जाँडको स्वाद लिन सकिने कार्यक्रमका संयोजक राकेश थारूले बताए । माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने उनले जानकारी दिए । माघ मिलन कार्यक्रममा थारु समुदायमा योगदान पुर्‍याएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, बुद्धिजीवी, शिक्षक, पत्रकार, खेलाडी, कर्मचारी लगायतलाई उपस्थिति समेत रहने संयोजक थारुले वताए । कार्यक्रम अवधिभर बढैयातालकाे अवलोकन समेत गर्ने अायजाेकले जनाएकाे छ ।