काठमाडौं । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा मुस्ताङको रूपान्तरणलाई झल्काउने गरी वटा पानोरामा फोटो प्रदर्शनी जारी छ ।
फोटोग्राफर किशोर कायस्थले मुस्ताङको रूपान्तरणलाई झल्काउने गरी खिचेका ३० वटा पानोरामा फोटो प्रदर्शनीलाई ‘मुस्ताङ् नोस्टाल्जियाः ए टु डिकेड ओडिसी’ शिर्षक दिइएको छ ।
फोटोको माध्यमबाट कायस्थको फोटोमा मुस्ताङको बदलिँदो मौसम, सहरीकरण र चिरस्थायी परम्परालाई समेटेर नेपालको भूदृश्यसँगको गहिरो सम्बन्धलाई झल्काउछ।
यो प्रदर्शनीले यस क्षेत्रको दुई दशक लामो अन्वेषणको पहिलो सार्वजनिक अनावरण गरेको छ।
प्रदर्शनीले मुस्ताङका सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष (एएफसीपी) परियोजना साइटहरूलाई हाइलाइट गर्दछ।
विगत २० वर्षमा, एएफसीपीले नेपालमा २८ सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूलाई कुल ४.५४ मिलियन डलरभन्दा बढी रकम सहयोग गरेको छ।
यो प्रदर्शनी १४ जनवरीसम्म सञ्चालन हुनेछ।