काठमाडौं । लायन्स क्लब अफ बुटवल युथले आज बिहान बुटवलको योगिकुटिमा एक ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ बुटवल युथका सदस्य एवम कार्यक्रमका संयोजक लक्ष्मण बन्जाडेका अनुसार अस्थायी प्रहरि बिट बुटवल बसपार्क र नगर प्रहरी कार्यालय योगिकुटीको समन्वयमा भएको थियो । प्रहरी सहायक निरीक्षक बिमला बिश्वकर्माको प्रमुख अतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा पैदल यात्रीहरुलार्इ आकाशे पुलको महत्त्व, बाटो काट्ने तरिका, हिड्ने तरिका, बाटो काट्दा मोबाइल फोन चलाउन नहुने, ट्राफिक लाइट, जथाभावी बाटो काट्दा हुने जोखिमहरु लगायतका बिषयमा करिब ३०० जना ब्यक्तिलाई जानकारी गराइएको हो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि बिमला बिश्वकर्माले भनिन् ‘लायन्स क्लब सङ्ग हामिले बिगत देखि नै यस्ता सामाजिक कार्यहरुमा सहकार्य गर्दै आइरहेका छौ । क्लबका कामहरु प्रसंशा गर्न योग्य छन । आगामी दिनमा पनि यस्तै सचेतना लगायतका कार्यहरुमा हाम्रो सहकार्य हुनेछ ।’
कार्यक्रमका बिशिष्ट अतिथि एवम लायन्स डिस्ट्रीक्ट 325P नेपाल Zone 27 का चेयर पर्सन बिष्णु काफ्लेले कार्यक्रममा मन्तब्य राख्दै भने, ‘मेल्भिन जोन सर्भिस सप्ताह लायन्सका सबै सदस्यहरुका निम्ति ठुलो उत्सव हो । यो अवसरमा बिश्वभरि नै कार्यक्रमहरु भैरहेका छन । यहि सप्ताहकै अवधिमा मेरो नेतृत्वमा रहेको लायन्स जोनले पनि मधुमेह सम्बन्धि सचेतना कार्यक्रम, योग शिक्षा तथा क्यान्सर सम्बन्धि सामाजिक कार्यहरु गर्दैछ ।’
समाज परिवर्तन र जनचेतना फैलाउने कार्यमा अग्रणी भूमीका खेलेको लायन्स क्लब अफ बुटवल युथले मेल्भिन जोन सर्भिस सप्ताह अन्तरगत बिभिन्न ७ वटा मानव सेवा सम्बन्धि कार्यहरु पाइपलाइनमा राखि कार्यक्रमहरु सम्पन्न गरेको लायन्स बुटवल युथका अध्यक्ष मोतिलाल काफ्लेले जानकारी दिए ।
सोहि कार्यक्रममा आफ्ना धारणा राख्दै लायन्स क्लब अफ बुटवल युथका पब्लिक रिलेसन निर्देशक प्रदिप कुमार बिश्वकर्माले आगामी दिनमा बुटवल आसपासका प्रत्येक विद्यालयहरुमा यस्ता खाले ट्राफिक सचेतनाका कार्यक्रमको आयोजना गरिने बताए ।
सो कार्यक्रममा तीन सयजना पैदल यात्रीलार्इ ट्राफिक सचेतनामुलक ग्रोसर र चकलेट समेत बितरण गरिएको थियो ।
लायन्स क्लब अफ बुटवल युथले रुपन्देहीले विगतदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।