‘महिन्द्रा उत्सव छड्के सलाम’ योजनाका विजेता घोषणा, तीन ट्र्याक्टर खरिदकर्तालाई लाखौँको इनाम

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्र्याक्टरहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले ‘महिन्द्रा उत्सव स् महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौँको इनाम’ योजनाको विजेता घोषणा गरेको छ । बिहीबार काठमाडौँको गैह्रीधारा सेल्स टावरस्थित अग्नि ग्रुप महिन्द्रा शोरूममा एक समारोहबीच विजेता घोषणा गरिएको हो ।

महिन्द्राले गत असोजमा हरेक वर्षजस्तै विश्वकर्मा पूजा, दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी ‘महिन्द्रा उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो । यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि पुष १६ ९तदनुसार १७ सेप्टेम्बर देखि ३१ डिसेम्बर, २०२४० गतेसम्म लागू गरिएको थियो ।

यस योजनाअन्तर्गत महिन्द्रा ट्र्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलावा बम्पर इनामअन्तर्गत घोषणामा १ लाख, २ लाख र ४ लाख रूपैयाँ नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो । उक्त योजनाअनुरूप नै विजेता घोषणा कार्यक्रममार्फत बम्पर पुरस्कारका ३ जना भाग्यशाली विजेताहरू ‘लक्की ड्र’ कार्यक्रममार्फत छनोट गरी घोषणा गरिएको हो ।

‘लक्की ड्र’ मार्फत छानिएका विजेताहरू भण्डारा, चितवनबाट डोलबहादुर श्रेष्ठले१ लाख, चापकोट, स्याङ्जाबाट ईश्वर मल्लले २ लाख र चौरजहारी नगरपालिका, रूकुमबाट डीपीडीएस निर्माण सेवाले ४ लाख रूपैयाँको बम्पर इनाम जितेका छन् ।

विजेताहरूलाई लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्काको हातबाट घोषणा भएको मितिदेखि २ हप्ताभित्र नगद इनाम हस्तान्तरण गर्ने योजना रहेको छ भने विजेताहरूले औपचारिक भेटघाट कार्यक्रममा स्वस्तिमालाई भेट्ने मौकासमेत प्राप्त गर्नेछन् ।