एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । सोमबार प्रहरीले उनलाई २० लाख ५० हजारको चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार प्रहरी वृत्त महाराजगन्जले मल्लमाथि अनुसन्धान गरिरहेको छ ।

उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए।