काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् ।
लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा होहल्लाका साथ नाराबाजी गरेका थिए । सोही क्रममा रास्वपाका कार्यकर्ताहरुले उनीमाथि आक्रमण प्रयास गरेका हुन् ।
सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा बुधबार अपराह्न हातपात भएको हो।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश सुनाउन लागेको छ।
आइतबारदेखि चलेको बयान र बहसपछि आज आदेश सुनाउन लागिएको हो। आदेश आउने भएपछि रास्वपाका नेता कार्यकर्ता पनि अदालत पुगेका छन्।