काठमाडौं । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।
रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको उनका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले जानकारी दिए।
गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यो आदेश गरेको हो।
पुस २१ गते रविसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
यस मुद्दाका २ जना अभियुक्त पहिला नै धरौटीमा छुटिसकेका छन्।