यसअघि राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेको भूमिसम्बन्धी अध्यादेश जारी

मन्त्रिपरिषद्को सिफारिसमा पाँच वटै अध्यादेश जारी

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई जारी गरेका छन् । यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए ।

पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । ती पाँचमध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भइसकेका छन् भने एउटा बाँकी थियो ।