काठमाडौं । न्यायका लागि मान अधिकार (राष्ट्रिय सञ्जाल)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेमाथि कारबाही हुनुपर्ने माग गरेको छ । सञ्जालका सदस्य सचिव बद्री प्रसाद भुसालले बिहीबार एक विज्ञप्ति जारी गर्दै अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेमाथि कानुनी कारबाहीको माग गरेका हुन् ।
सञ्जालले सांघातिक आक्रमण भएको र उक्त घटनाको घोर निन्दा गर्दै कारबाही गर्न माग गरेको छ । बुधबार काठमाडौं जिल्ला अदालत परिसरमै त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति निन्दा गर्दे सञ्जालको विज्ञप्तिमा भनिएको छ, “न्यायिक निरुपणको सन्दर्भमा कानुन व्यवसायीको पेशागत काम र कर्तव्यको पालन गरी न्यायपालिका प्रति सम्मान राख्दै अदालत समक्ष मुद्दामा पिडीत पक्षको प्रतिनिधित्व गर्दा न्यायलय भित्रै कानुन व्यवसायीमाथि हातपात हुनु भनेको कानूनी शसान, मावन अधिकार र स्वतन्त्र न्यायपालिका विरुद्ध नै उपहास हुनु हो । उक्त घटना प्रति यस सञ्जालको गम्भीर ध्यानाकर्षण भई उक्त कार्यको निन्दा गर्दछ ।”