काठमाडौँ । काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । जोशी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक रहेका जोशीविरुद्ध सहकारीको रकम अपचलन आरोपमा काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जोशी कास्कीको सुर्यदर्शन सहकारीको रकम अपलचन प्रकरणमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।