दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या ३ पुग्यो

दियोपोस्ट संवाददाता  

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई छिन् ।

उनलाई शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।