फेरिल्यान्ड र इबीए विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौं । फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा आइतबार जित हात पारेका छन् ।
फेरिल्यान्डले न्युटनलाई १७–१२ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा करुणा बोगटीले १० अंक योगदान गरिन् । अनामिका पटेलको ११ अंक सहयोगमा इबीएले ग्रिनल्यान्डलाई २२–१८ ले हरायो ।

जुनियर गल्र्समै भ्याली पब्लिकले बागमतीलाई २८–२१, सत्यसाइले एन्जल्स हार्टलाई १३–८, निस्टले तेजस्वी एकेडेमीलाई २८–२२, बौद्ध चिल्ड्रेन हेभेनले रिब्सलाई २२–१५ र काष्ठमण्डपले टीआईएलाई १२–६ ले पाखा लगाए ।
सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा गोल्डेनपिकले सेबलाई २९–२४, पारामाउन्ट एकेडेमीले बौद्धलाई २०–१६, न्युटनले भद्रकालीलाई ४३–३८ र ग्रिनलन्सले क्यान्भासलाई ३५–२३ ले पन्छाए ।