काठमाडौं । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्मा पेस गरिने भएको छ । आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
यस्तै, भोलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ ।
माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५,२६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८,२९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।