नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य

दियोपोस्ट संवाददाता  

काठमाडौं । महिला त्रिदेशीय टी २० क्रिकेट शृंखलामा नेदरल्यान्डसले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको हो ।

नेदरल्यान्ड्सका रोबिन राइकेले अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौका प्रहार गर्दै ५९ रन जोडिन् । ओपनर फेबे मोल्केनबोयर शून्यमा आउट हुँदा स्टेरे कालिस र कप्तान बाबेट डे लीडेले क्रिज सम्हालेका थिए। कालिसले २९ रन बनाउँदा लीडेले ६ रनमै आउट भइन् ।

हेदर सिगर्सले २३ रन जोड्दा आइरिस जुइलिङ ३१ रनमा अविजित रहिन् । नेपालका लागि ईश्वरी विष्ट, सीता राना मगर, कविता कुँवर र पूजा महतोले एक/एक विकेट लिइन् ।