काठमाडौँ । अमेरिकी सेना र विशेष अपरेशनद्वारा भेनेजुएलाको राजधानी काराकासमा गरेको ‘स्ट्राइक’ तथा हवाई आक्रमणमा परि कम्तीमा ४० जनाको मृत्यु भएको छ । भेनेजुएलास्थित स्थानीय अधिकारीहरू र केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकको बढ्न सक्ने बताइएको छ ।
भेनेजुएला सरकारले यसलाई गम्भीर सैन्य आक्रमण र विदेशी हस्तक्षेप भन्दै राष्ट्रिय संकटकाल घोषणा गरेको छ । भेनेजुएलाका रक्षा मन्त्रीले अमेरिकी हवाई मिसाइल तथा हेलिकप्टर आक्रमणले नागरीक आवासीय क्षेत्र तथा सैन्य स्थलहरूमा प्रहार भएको बताएका छन् । घटनामा ज्यान गुमाउने मृतक तथा घाइतेहरुको तथ्याङ्क संकलन भइरहेको उनले बताए ।
भेनेजुएलाका सरकारी अधिकारीहरुका अनुसार आक्रमणबाट निर्दोष नागरिकहरू पनि मारिएका छन् । मृतकको संख्या सार्वजनिक गरेता पनि उनीहरुको परिचय सार्वजनिक नगरिएको गृह तथा विदेश मन्त्रालय र प्रहरी स्रोतले प्रष्ट पारेको छ । मृतक तथा घाइतेको तथ्याङ्क संकलन जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।
अमेरिकी पक्ष तर्फ कुनै सैनिकको मृत्यु नभएको तर केही घाइते भएको पुष्टि गरिएको छ।

