विवेकशीलबाट आएका ७ नेतालाई रास्वपाले गर्यो केन्द्रीय समिति सदस्यमा मनोनयन

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाबाट रास्वपामा आएका ७ जना नेताहरूलाई केन्द्रीय सदस्यमा औपचारिक रूपमा मनोनयन गरेको गरेको छ । रास्वपाले आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीमा समाहित भएका नेताहरूलाई नेतृत्व तहमा समायोजन गरेको हो ।

केन्द्रिय समितिमा मनोनीत ७ जना नेताहरूमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।

यी नेताहरू विवेकशील साझा पार्टीसँग भएको एकता र पार्टी समायोजन प्रक्रियामा रास्वपामा आएका थिए। पार्टीले सांगठनिक विस्तार र आगामी निर्वाचन तथा नीति–निर्णयमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ ।

 

सम्बन्धित खबर

सिफारिस