राष्ट्रियसभा निर्वाचनः कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने नेकपाको निर्णय

दियोपोस्ट संवाददाता  

काठमाडौं । आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कुनै पनि दलसंग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रिय समितिको बैठकपछि नेकपाले स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालेको हो।

पार्टी नेतृत्वका अनुसार राष्ट्रियसभा निर्वाचनमा आफ्नै शक्ति र संगठनको आधारमा प्रतिस्पर्धा गर्ने नीति लिइएको छ। नेकपाले कांग्रेस र एमालेबीच संभावित सहकार्यको चर्चा चलिरहेका बेला समेत आफूहरू त्यसमा संलग्न नहुने बताएको छ।

कांग्रेस र एमालेबीच राष्ट्रियसभा निर्वाचनमा तालमेलका बारेमा केही दिन अघिदेखि अनौपचारिक संवाद भइरहे पनि नेकपाले त्यसलाई अस्वीकार गरेको बताएको छ ।

राष्ट्रिय सभा निर्वाचन मार्फत १८ जना सदस्य निर्वाचित हुने र एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ।

 

सिफारिस