काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि १७ जना उम्मेदवार छनौट गरेको छ । नेकपाले सातवटै प्रदेशबाट विभिन्न कलस्टरबाट उम्मेदवार छनौट गरेको हो।
प्रदेशअनुसार उम्मेदवारः
कोशी प्रदेशः खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने
मधेश प्रदेशः रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल
बागमती प्रदेशः प्रेम प्रसाद सापकोटा, सरोज कुमारी झा
गण्डकी प्रदेशः कपिल लामा
लुम्बिनी प्रदेशः दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिक
कर्णाली प्रदेशः बुद्धिप्रसाद शर्मा, अन्जु महतरा
सुदूरपश्चिम प्रदेशः टीकाराम जैशी, रोजी बस्नेत सुनार
उम्मेदवार चयनमा प्रदेश प्रतिनिधित्व र राजनीतिक अनुभवलाई प्राथमिकता दिइएको नेकपाले जनाएको छ । नेकपाले निर्वाचनअघि गठबन्धनको प्रयास गर्दा सहमति जुट्न नसकेपछि सबै सिटमा उम्मेदवार पेश गरेको हो ।