काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पा जिल्लाबाट चुनाव लड्ने भएका छन् । माओवादीले विप्लवलाई बुधबार रोल्पाबाट एकल सिफारिस गरिसकेको हो ।
रोल्पा माओवादी जनयुद्धको ऐतिहासिक आधार क्षेत्र मानिन्छ। यही जिल्लाबाट यसअघि विभिन्न निर्वाचनमा माओवादी पृष्ठभूमिका नेताहरू निर्वाचित हुँदै आएका छन्। यस सन्दर्भमा विप्लवको उम्मेदवारीलाई राजनीतिक रूपमा अर्थपूर्ण कदम का रूपमा हेरिएको छ।
विप्लवले लामो समयसम्म संसदीय राजनीतिबाहिर रहेर गतिविधि गर्दै आएका थिए । पछिल्ला वर्षहरूमा भने उनले नेतृत्व गरेको दल शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा सहभागी हुँदै आएको छ। निर्वाचन आयोगमा दल दर्ता, चुनाव चिन्ह प्राप्ति र चुनावी तयारी त्यसकै निरन्तरता भएको बताइन्छ।
विप्लवको उम्मेदवारीले रोल्पाको चुनावी समीकरण मात्र नभई राष्ट्रिय राजनीतिमा पनि नयाँ बहस सिर्जना गरेको छ ।